काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको फैसलाले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताएका छन्।
उनले आफू नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि कसैको जित–हारको विषय नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय भएको उल्लेख गरे ।
उनले भनेका छन्, ‘यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो। पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ(आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ।’
पार्टीलाई एकताबद्ध बनाउनको लागि सभापतिको हैसियतले सबैभन्दा ठुलो जिम्मेवारी आफ्नै भएको उल्लेख गरेका छन्।




प्रतिक्रिया