सरकारलाई दुर्गा प्रसाईँको एक हप्ते अल्टिमेटम: इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने


काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वृद्धि भएको इन्धनको मूल्य फिर्ता लिन माग गरेको छ ।

आज(सविबार) देशको समसामायीक राजनीतिक विषयमा पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

प्रसाईँले महाअभियानले विद्यार्थी संगठनको नेतृत्वमा आन्दोलन गर्ने जानकारी दिए ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह(बालेन) नेतृत्वको सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै उनले सरकारको विकास सामाजिक सञ्जालमा सीमित रहेको बताए ।

हिन्दु अधिराज्य कायम गर्ने, एसपीपी र एमसीसी खारेज गर्ने हो भने सरकारलाई साथ दिन आफू तयार रहेको उनको भनाइ छ ।