देउवा समूहसँग अब कुनै विकल्प छैन, पार्टीमा एउटै व्यक्ति र परिवारको वर्चश्व हुन पनि हुँदैनः कांग्रेस नेता भण्डारी


काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीले पार्टीको आधिकारिकता विवादमा अब शेरबहादुर देउवा समूहसँग कुनै विकल्प बाँकी नरहेको बताएका छन् । विशेष महाधिवेशनलाई स्वीकार गरेर अगाडि जानुभन्दा देउवा पक्षसँग अर्को विकल्प नरहेको उनले टिप्पणी गरेका हुन् ।

नेपाली रेडियो नेटवर्कको नेपाली बसहमा पत्रकार खेम बमसँग संवाद गर्दै उनले भने, ‘महाधिवेशन प्रतिनिधिसहरुले विशेष अधिवेशन गरेर सभापति बनाए । निर्वाचन आयोगले मान्यता दियो । त्यसैको आधारमा हामी सबै चुनाव लड्यौं । सर्वोच्च अदालतले पनि यो वैध हो भनिसकेपछि अरु विकल्प के रह्यो र ?’

नेता भण्डारीले पार्टीमा सधैं एउटै व्यक्ति, एउटै परिवार र एउटैको वर्चश्व हुन नहुने बताए । उनले जेनजी मुभमेन्टपछि मान्छेको सोचाइ, व्यवहार र मनस्थितिमा धेरै परिवर्तन आइसकेको र अब सोही अनुसार कांग्रेस अगाडि बढ्नुपर्ने बताए ।