बिस्केट जात्रा: हात नभएको लिङ्गो ढालियो


काठमाडौं । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्राको अन्तिम दिन आज(शनिबार) तालाक्वस्थित कुम्हाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ ।

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो शनिबार विधिपूर्वक पूजा गरी ढालिएको हो । बिस्केट जात्रा आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने गर्दछ ।

ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ । लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ ।

लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता छ ।