रामेछाप । नेपाली सेनाको भूतपूर्व सैनिक तथा एकल महिलाहरूको सहभागितामा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ को अन्तिम चरण रामेछापमा सम्पन्न भएको छ।
‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको मुख्य केन्द्र रामेछापको खड्गदल गणमा बलाधिकृत रथी प्रदिपजंग केसीले नेतृत्व गरेका थिए ।
सम्मेलनका अवसरमा १०२ वर्षीया एकल महिला नरमाया कार्कीलाई ‘ज्येष्ठ शताब्दी महिला’ का रूपमा विशेष गरिएको छ । यस्तै, आफ्ना चार सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने चार जना अभिभावक, ज्येष्ठ भूतपूर्व सैनिक र उत्कृष्ट उद्यमीहरूलाई पनि प्रशंसा–पत्र र पुरस्कार वितरण गरिएको थियो। फरक क्षमता भएका २४ जना भूतपूर्व सैनिकहरूलाई ह्विलचेयर र बैसाखी समेत प्रदान गरेको छ।
सम्मेलनमा सो क्षेत्रका करिब ६ हजार ५०० अवकाश प्राप्त सैनिक र उनीहरूका परिवारको उपस्थिति थियो।




प्रतिक्रिया