राजश्व विभागको निर्देशन-‘२० करोड बढी कारोबार गर्ने व्यवसायीले विद्युतीय बिल जारी गर्नु’


काठमाडौँ । आन्तरिक राजश्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई अनिवार्य विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्न निर्देशन दिएको छ । विभागले एक सूचना वजारी गर्दै यस्तो निर्देशन दिएको हो ।

यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि यस्तो व्यवस्था थियो । विभागले जारी गरेको नयाँ सूचनामा भनिएको छ,‘ कारोबारको प्रकृति अनुसार उपभोक्तारग्राहकलाई प्रत्यक्ष रूपमा बीजक जारी नगर्ने बैंकरवित्तीय संस्था जस्ता निकायहरू बाहेक वार्षिक कारोबार २० करोडभन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य रूपमा विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्नेछ ।’

सो बीजक जारी गर्दाकै बखत विभागको केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध गर्ने विभागको गएको चैत्र २७ गतेको निर्णय हो । उक्त निर्णय कार्यान्वयन गर्नरगराउन सम्बन्धित सरोकारवाला करदाता तथा कार्यालयहरूलाई विभागले निर्देशन जारी गरेको हो ।

यस प्रणालीमार्फत जारी हुने हरेक बिल स्वतः सरकारको केन्द्रीय सर्भरमा रेकर्ड हुने विभागले जनाएको छ ।