कांग्रेस पूर्णबहादुर खड्का पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुरु


काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुरु भएको छ।

सर्वोच्च अदालतले गगन थापा पक्षलाई पार्टीको आधिकारिकता दिने फैसला गरेपछि खड्काले आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन् ।

धुम्बाराहीस्थित स्मार्ट होटलमा शुरु भएको बैठकमा आगामि कार्यनितिको बारेमा छलफल हुनेछ ।