काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल अवकाशमा जाने भएका छन्।
शस्त्र प्रहरी नियमावली २०७२ अनुसार चार वर्षे सेवा हदका कारण उनी वैशाख १८ गते उनी अवकाशमा जान लागेका हुन्।
उनी २०७९ वैशाख १८ गते सशस्त्र प्रहरी बलको आइजिपीमा नियुक्त भएका थिए।
अर्याल २०५४ साल चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवामा प्रवेश गरेका थिए।
पछि उनलाई नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा स्थानान्तरण गरिएको थियो। सशस्त्र प्रहरी बलमा आएपछि २०५८ असार १८ गते उनी डिएसपीमा बढुवा भएका थिए।




प्रतिक्रिया