काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापालाई सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले निवर्तमान पूर्णबहादुर खड्कालाई अनुशासनको कारबाही गरेर देखाउन चुनौती दिएका छन् ।
आज(आइतबार)देउवा समूहले महाराजगन्जमा राखेको छलफलमा सहभागी हुँदै उनले हिम्मत भए लेटरप्याड दुरुपयोगको आरोपमा पूर्णबहादुर खड्कालाई २४ घण्टाभित्र कारबाही गरेर देखाउन चुनौती दिएका हुन् ।
‘हिम्मत भए पूर्णबहादुर खड्कालाई लेटरप्याड दुरुपयोग काण्डमा २४ घण्टाभित्र कारबाही गरेर देखाऊ,’बलायरले भने । उनले कारबाहीपछि हुने परिणाम पनि भोग्न तयार रहन चेतानी दिए ।
उनले पार्टीभित्र गरेको सङ्घर्ष र त्याग सानेपाको पदमा रहेकाहरूको भन्दा महाराजगन्जको बैठकमा बसेका नेताहरूको योगदान ठुलो रहेको बताए । ‘
साथै उनले उपसभापति विश्वप्रकाश शर्मा प्रतिनिधिसभा निर्वाचनमा प्रचार प्रसारका लागि पुगेको सबै ठाउँमा जमानत जफत भएको आरोप समेत लगाए ।




प्रतिक्रिया