गृहमन्त्री गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र चल्यो छलफल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का निर्वाचित सांसद समेत रहेका गृहमन्त्री सुधन गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र छलफल भएको छ ।

सोमबार बिहान पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालबिच गुरुङमाथि लागेको आरोपबारे आन्तरिक छानबिन गर्ने सम्बन्धमा कुराकानी भएको हो ।

उनीहरुले यो गम्भीर विषय भएको भन्दै आजै(सोमबार) दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा थप छलफल गरेर आवश्यक निर्णय लिने तयारी गरेको स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनमा रहेका विवादास्पद व्यापारी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका हुन्।

Skip This