काठमाडौँ । काठमाडौँ उत्रिएलगत्तै अमेरिकी उप–सहायक विदेशमन्त्री समिर पल कपुरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
इटालीटारस्थित लामिछाने निवास पुगेर कपुरले करिब आधा घण्टा संवाद गरेको स्रोतले बतायो । आज(सोमबार) बिहानै नेपाल आइपुगेका उप–सहायक विदेशमन्त्री कपुरले
लामिछानेसँग भेटवार्ता गरेका हुन ।
भेटमा नेपाल–अमेरिका सम्बन्ध सुदृढ बनाउने लगायतका राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।




प्रतिक्रिया