काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने बताएका छन् । सोमबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले सो घोषणा गरेका हुन् ।
पार्टीका महामन्त्री धवलशमशेर राणालगायतलाई लक्षित गर्दै उनले आफ्नो जिल्लामा वडा समिति बनाउन नसक्ने, चुनावमा पार्टीका उम्मेदवारलाई नसघाउने र राष्ट्रिय पार्टी बन्नबाट रोक्न खोज्ने पार्टीभित्रका नेताहरूको कुनै कुरा नसुनिने समेत बताए ।
महाधिवेशन सारेर कार्यकाल लम्बाउने पक्षमा आफू नरहेको उनले स्पष्ट पारे । अध्यक्ष लिङ्देनले वैधानिक र व्यवस्थित तवरले उचित समयमा महाधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व तयार रहेको धारणा राखे ।
अध्यक्ष लिङ्देनले यसअघि देखिएका बेतिथिहरूलाई सच्चाउने कामको सुरु वर्तमान सरकारले गरेको भन्दै सकारात्मक कामको स्वागत गर्ने समेत बताएका छन् ।




प्रतिक्रिया