नेपाली बजारमा पाउनै छाड्याे केरा


काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले केरालाई मूल्यसूचीमा समावेश गर्नै छाडेको छ । नेपाली बजारमा केराको अभाव देखिएसँगै समितिले मूल्यसूचीमा राख्नै छाडेको हो ।

खासगरी भारतीय नाकाबाट अवैध रुपमा आउने गरेको केरा व्यवसायीहरूले नै नबेच्ने भन्दै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार भएको हो ।

भारतबाट अवैध रूपमा ठुलो मात्रामा केरा भित्रिएपछि नेपाल फलफूल थोक व्यवसायी सङ्घले विक्री वितरणमा रोक लगाएको थियो । नेपालको उत्पादन अत्यन्तै कम भएके र अवैध रूपमा आएको केरा रोकेपछि बजार खाली भएर त्यसैले मूल्य बढेको संघले जाएको छ ।

अहिले नेपाली बजारमा केराको मुल्य प्रति दर्जन ३५० देखि माथि छ । यसैलाई लिएर सत्तारुढ दलकै सांसद आशिका तामाङले कटाक्ष गरेकि थिइन् ।