गृहमन्त्रीलाई कसैले राजिनामा मागेको छैन ,राजिनामा दिनुपनी हुन्न : गृहमन्त्रीको सचिवालय


काठमाडौ । गृहमन्त्री सुधन गुरुङले राजीनामा नदिने भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र साह(बालेन) र रास्वपा सभापति रवि लामिछानेद्वयले नै राजीनामा नमागेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

`मन्त्रीज्युलाई कसैले राजिनामा मागेको छैन । सामाजिक सन्जालमा कसैले भनेको भरमा राजिनामा दिनुहुन्न,´-गृहमन्त्रीको सचिवालयले भनेको छ ।

मंगलबार सभापति रवि लामिछानेलाई गृहमन्त्री गुरुङले पटकपटक भेट गरेका थिए । उक्त भेट कुनै विशेष नभएर नियमित मात्रै रहेको गृहमन्त्री सुधनले बताए ।

सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग‘कनेक्सन’ देखिएपछि गृहमन्त्री विवादमा तानिएका थिए । त्यसपछि उनी निरन्तर पार्टीको पदाधिकारीलाई भेटघाट गरिरहेका छन् ।

पार्टीभित्रका सांसदहरूहरुले गृहमन्त्री गुरुङलाई राजिनामा गराउन दबाब दिएपछि पार्टी सभापति लामिछानेले राजिनामा दिएर संसदीय समिति बनाएर छानबिन गर्ने रणनीति बनाए पनि त्यो असफल भएको बुझिएको छ ।