सरकारमाथि गगन थापाको आरोप:कानुन मिचेर ‘लहडका भरमा’ चल्यो


विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले कतिपय निर्णयहरू कानुन मिचेर ‘लहडका भरमा’ गरिरहेको आरोप लगााएका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै थापाले दौ २४ गतेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष र न्यायिक छानबिन गर्न सरकारसँग माग गरे । ।

सभापति थापाले सरकारले आप्ना मागहरू पूरा नगरे मागलाई कसरी ठुलो बनाउने पनि थाहा भएको बताए । ‘हामीले भदौ २४ गतेको घटनाको छानबिन गर्न माग गरेका छौँ,’ थापाले भने, ‘सरकारले हाम्रा मागहरू पूरा गरेन भने ती माग कसरी पूरा गराउने र आवाजलाई कसरी ठुलो बनाउने भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’

उनले कुनै पनि नेपाली नागरिकमाथि अनुसन्धान गर्ने सरकारको अधिकारलाई कांग्रेसले सम्मान गर्ने बताए । तर, अनुसन्धानका नाममा राज्यका निकायहरूले कानुनको पालना गर्नुपर्ने उनको भनाइ छ ।

गृहमन्त्री सुधन गुरुङको विषयमा भने थापाले पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै धेरै टिप्पणी गर्न चाहेनन् ।