सरकारविरुद्ध आरआर क्याम्पसमा कालो बेलुन उडाइयो


काठमाडौं । विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसका विद्यार्थीहरू निरन्तर सडकमा छन् ।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा पछिल्लो केही दिनयता आन्दोलनरत विद्यार्थीहरूले आज मध्याह्न पनि आरआर क्याम्पसमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारविरोधी विभिन्न नारा लेखिएका झण्डै ६० वटा जति कालो बेलुन उडाइएको थियो ।

मंगलबार साँझ पनि आरआरका स्ववियु सभापति लोकेश खड्काको तेतृत्वमा मसाल जूलुस निकालिएको थियो । उनले बालेन्द्र साह(बालेन) नेतृत्वको सरकारलाई विद्यार्थी संगठन खारेज गर्ने निर्ण तत्काल फिर्ता गर्न माग गरे ।