काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्षे इतिहासको समग्र समीक्षा हुनुपर्ने बताएका छन् ।
बुधबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले हेर्दा हेर्दा कम्युनिस्ट आन्दोलन ओरालो लागेको भन्दै पछिल्लो निर्वाचनमा कम्युनिस्टहरूले ठुलो धक्का खाएको बताए ।
नेता नेपालले साम्राज्यवादसँग जुध्ने आँट कम्युनिस्टहरूमा भएको भन्दै वर्तमान बालेन नेतृत्वको सरकारले राजनीति र समाजमा भएका वेथितिलाई अन्त्य गर्न सक्छ सक्दैन भन्ने प्रश्न उठेको बताए । ‘यो सरकारका बारेमा भन्ने बेला त भएको छैन तर लक्षण राम्रो देखिँदैन, जनतामा सन्तुष्टि देखिँदैन’, नेपालले भने ।




प्रतिक्रिया