काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजिनामा दिएसँगै तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि सुधन विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै आज पदबाट राजीनामा दिएका हुन् ।
केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा गरेको अर्को लागनीको विवरण पनि बाहिर आभपछि थप विवादित बने ।




प्रतिक्रिया