प्रचण्ड भन्छन्- नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु


काठमाडौं । नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन् । बुधबार नेपालमा कम्यनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले नेतृत्वको नयाँ स्वरूप खोजेपनि लडाइँ भने अन्तिमसम्म जारी राख्ने बताएका छन् ।

‘आफै त म लिडरसीपको नयाँ रूप र नयाँ भूमिकाको खोजीमा छु, म पनि । मलाई साथ चाहिएको छ,’ प्रचण्डले भने, ‘तर, म अन्तिम समयसम्म लडाइँ चाहिँ छोड्दिनँ फेरि फेला पार्‍या जस्तो लागेको छ, म खुसी छु ।’

अहिले पार्टीलाई पुनर्गठित गर्ने र पुनर्संरचनामा लैजाने नयाँ अवसर प्राप्त भएको पनि उनले टिप्पणी गरे ।
‘पार्टीलाई नयाँ नयाँ बनाउने बेला हो यो । मैले त साथीहरूसँग भनेको छु–सच्चिन चाहनेहरू हामीसँग बस्ने, नचाहनेहरू गए हुन्छ भन्या छु मैले,’ उनले भने ।