काठमाडौं, वैशाख १० । अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरको नेपाल भ्रमण सकिए लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोर नेपाल भ्रमणमा आउने भएका छन्। गोर आगामी साता काठमाडौं अवतरण गर्न लागेका हुन् । भारतका लागि अमेरिकी राजदूतसमेत रहेका गोरले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ।
यसअघि सहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णीम वाग्लेसँग भेटवार्ता गरेका थिए। विशेष दूत गोरले शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। उनि २०२४ मा अमेरिकी राष्ट्रपति कर्मचारी कार्यालयको निर्देशक समेत नियुक्त भएका थिए ।




प्रतिक्रिया