सशस्त्र प्रहरी बल नेपाल धनुषाले १९औँ स्थापना दिवस मनायो


जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल ८ नम्बर गण धनुषाले आफ्नो १९औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। कार्यक्रम सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलसहित विशिष्ट अतिथि सुरक्षा निकायका पदाधिकारी उपस्थिति थियो।

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बलले आफ्नो स्थापनाकालदेखि हालसम्म गरेका महत्त्वपूर्ण कार्यहरूको समीक्षा गरिएको थियो। कार्यक्रममा विपद् व्यवस्थापन, सीमा सुरक्षा, शान्ति सुरक्षा कायम राख्ने लगायत विभिन्न क्षेत्रमा सशस्त्र प्रहरीको योगदानको चर्चा गरिएको थियो।

यसै क्रममा सङ्गठनभित्र उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।