काठमाडौं, वैशाख १० । आज राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको हलमा बैठक बस्ने भएको हो ।
बैठकमा साइवर बुलिङ्ग लगायत साइबर अपराध र नियन्त्रणको लागि भइरहेका प्रयासहरू, वर्षायामको शुरूवातसँगै आगलागी, बाढीपहिरो, महामारी लगायत विपद्जन्य जोखिमहरूको न्यूनीकरण, विपद प्रतिकार्य र विपद् पुनर्लाभको तयारीको विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।




प्रतिक्रिया