काठमाडौं, वैशाख १० । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई पक्राउ गर्न नेपाल प्रहरीको टोली बुटवल पुगेको छ। बुटवल स्थित एक होटलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिन खोजेपछि उनले आफै प्रहरी कार्यालयमा उपस्थित हुने भनेपछि उनी काठमाडौं फर्किन लागेको स्रोतले जनाएको छ । गोल्छा भैरहवाबाट भारतजाने तयारी अनुसार त्यहाँ पुगेका थिए ।
दिपक भट्ट र सुलभ अग्रवालले गरेको कानून विपरीको कारोबारमा उनको पनि संलग्नता रहेका पाइएको छ । नेपाल धितोपत्र बोर्डको प्रतिवेदनका आधारमा गोल्छासँगै ऋषीराज मोर, सन्दीप चाचान र राजबहादुर शाहविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ ।
धितोपत्र बोर्डका निर्देशक रुपेश केसीको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदनका आधारमा उनीहरूलाई पक्राउ गर्न लागिएको हो। धितोपत्र कारोबारमा कसुर गरेको ठहर गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउन खोजिएको जनाइएको छ।




प्रतिक्रिया