काठमाडौँ । ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र साहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा याे कार्यदल गठन गरिएकाे थियाे ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।
बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणा आधारमा पहिचान गरिएका संविधान संशोधनका विषयहरूमा विस्तृत छलफल हुने जनाइएको छ ।
संविधानलाई समयसापेक्ष र परिष्कृत बनाउने उद्देश्यसहित राजनीतिक दलहरूका सुझाव समेटेर साझा बहसपत्र तयार गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको छ ।




प्रतिक्रिया