काठमाडौं । प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग बुधबार छलफल गर्दै सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएसँगै अहिले सामाजिक सञ्जानमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । यसैत्रीच संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे प्रतिवाद गर्ने बताएको छ ।
बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा यसबारे छलफल भएको हो ।
मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसार, सञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार आएपछि बिहीबार दिउँसो बैठक बसेको थियो ।




प्रतिक्रिया