काठमाडौं, वैशाख ११ । बैतडीमा भरुवा बन्दुक पड्किएर एक जना वडा सदस्य घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–२ का वडासदस्य ४५ वर्षीय दानबहादुर ऐरी आफैले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बल्देव बडूका अनुसार ऐरी आफैँले भरेको बन्दुकको छर्रा घाँटीमा लागेर बुधबार साँझ घाइते भएका हुन् ।
घाइते ऐरको जिल्ला अस्पताल बैतडीमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको र अहिले माया मेट्रो अस्पताल धनगढीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उक्त बन्दुक प्रहरीले नियन्त्रणले लिएको र घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता बडूले जानकारी दिए ।




प्रतिक्रिया