काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता एवं सांसद मनिष झाले सुकुम्बासी बस्ती खाली गराउने सरकारको तयारीबारे पाटीलाई जानकारी नभएको बताएका छन्।
सरकारले सुकुम्बासी बस्ती हटाउन लिएको निर्णयका विषयमा पार्टीभित्र कुनै छलफल नभएको सांसद झाले बताए ।
प्रधानमन्त्री बालेन साहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउने निर्देशन दिएका थिए ।
शाहले जारी गरेको वाचा पत्रमा आफ्नो नेतृत्वमा सरकार गठन भएको १०० दिनमा अधिकार सम्पन्न आयोग बनाउने र १००० दिनमा सुकुम्बासी समस्या स्थायी रुपमा समाधान गर्ने उल्लेख छ।
यस्तै, रास्वपाले चुनावमा जारी गरेको वाचा पत्रको बुँदा नम्बर ८३ मा पनि अधिकार सम्पन्न उच्चस्तरीय प्राधिकरण गठन गरेर वास्तविक सुकुम्बासीलाई नमुना बस्ती विकास गरेर स्थायी आवासको व्यवस्था मिलाउने भनेको छ।
लामिछानेले चुनावका दौरान सुकुम्बासी बस्तीमा डोजर चलाए आफु छाती थाप्न आउने भन्दै सुकुम्बासीलाई आश्वासन दिएका थिए। तर रास्वपाकै बरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले डोजर चलाउने निर्णय गरेपछि युवाहरु यतिबोला आक्रोशित भएका छन् । उनीहरुले रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह गर्दै थापाथलीमा नारा लगाइरहेका छन् ।
सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ सुरु गरिसकेको छ ।




प्रतिक्रिया