बागमती । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घेर्न सुकुम्बासी मोर्चाका नेताहरू जाने भएका छन्।
थापाथलीस्थित सुकुम्बासी बस्तीबाट प्रदर्शन गरिरहेका मोर्चाका नेताहरु रास्वपा केन्द्रीय कार्यालयतर्फ हिँड्न लागेको एक नेताले बताए।
ुवस्तीका मानिसहरूसहित रास्वपा केन्द्रीय कार्यालयमा गएर विरोध प्रदर्शन गर्ने उनको भनाइ छ ।
सरकारले शनिबार बिहानदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्ने तयारी छ। त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो।
बिहीबार माइकिङ भएपछि शुक्रबार बिहानदेखि सुकुम्बासीहरूले आन्दोलन थालेका छन्। आन्दोलनमा जेनजी अभियान्ताहरुको पनि उपस्थिति रहेको छ ।
प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिए । प्रधानमन्त्रीको निर्देशनसँगै शनिबार र आइतबार उपत्यकाभित्र रहेका सुकुमबासी बस्ती डोजर लगायत हटाउने तयारी भएको छ ।




प्रतिक्रिया