काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घेर्न थापाथलीका सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
अहिले रास्वपा कार्यालय अगाडि ठुलो संख्यामा नेपाल प्रहरीको टोली तैनाथ गरिएको छ ।
थापाथली लगायतका सुकुमवासी क्षेत्रका मानिसहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । सरकारले उपयुक्त विकल्प नदिइ आफूहरूको बासस्थान खाली गराउन लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन् ।
सरकारले शनिबार बिहानदेखि काठमाडौंका सुकुम्बासी वस्ती खाली गर्ने तयारी छ। त्यसका लागि बिहीबार राति नै काठमाडौं महानगरले बस्तीमा माइकिङ गरेको थियो।
प्रधानमन्त्री बालेन शाहले वैशाख ९ गते सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिए ।




प्रतिक्रिया