काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कर्मचारीमाथि कारबाहीको प्रक्रिया थालेकी छिन् । लामो समयसम्म हाजिर नभएका कर्मचारीलाई यथाशीघ्र खटाइएका पालिकामा हाजिर हुन मन्त्रालयले अल्टिमेटम नै दिएको छ ।
अल्टिमेटमको अवधिमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले ती कर्मचारीलाई बिहीबार पत्राचार गरेर तीन दिनभित्र अनिवार्य रूपमा हाजिर हुन भनेको छ । ‘ रमाना भई समय व्यतीत भइसक्दासमेत खटाइएको स्थानीय तहहरूमा रमाना भई हाजिर हुन नगएका प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिनभित्र अनिवार्य रूपमा कामकाज गर्न खटाइएको निकायमा रमाना भई जानू । अन्यथा निजामती सेवा नियमावली, २०५० को नियम ३९ र ४० मा भएको व्यवस्थाबमोजिम कारबाही हुनेछ,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ ।
मन्त्रालयले अब उप्रान्त पनि खटाएको निकायमा नजाने कर्मचारीमाथि कारबाही हुने चेतावनी दिएको छ । अवधि पुगी खटाएको ठाउँमा हाजिर नहुने कर्मचारीउपर कडा कानुनी कारबाही गरिने मन्त्रालयको भनाइ छ ।




प्रतिक्रिया