सुकुम्वासीलाई १५ दिनभित्र उचित व्यवस्थापन गर्ने सरकारकाे तयारी


काठमाडौं । सरकारले सुकुम्वासीहरुलाई दिगो व्यवस्थापनको तयारी गरेको छ । आज जिल्ला प्रशासन कार्यालयले ६ बुँदे सुचना जारी गर्दै १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तयारी रहेको जनाएको छ ।

सरकारले आज साँझ ७ बजेसम्म अवैध घरटहरा खाली गरिसक्न पनि भनिएको छ । सूचनाअनुसार भोली बिहान ६ बजेदेखि घर–टहराहरु भत्काउने र अतिक्रमित जग्गा पूर्णरुपमा खाली गर्न थालिने छ ।

‘आगामी १० देखि १५ दिनभित्र एकिन भएका वास्तविक भूमिहिनलाई बसोबासको उचित प्रबन्ध गर्ने तयारी भइरहेको छ, यस कार्यका लागि तपाईंहरुले सहयोग गर्नुहोला,’ सूचनामा भनिएको छ, ‘कसैले यस सूचनालाई अटेर गरी बसेको खण्डमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिका समेतको संयुक्त कारवाही गर्दा भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार तपाईं स्वयम् हुनुहुनेछ ।’

Skip This