सुकुमबासी बस्ती हटाउने कार्यप्रति एमोलेको गम्भीर आपत्ति,अमानवीय र असंवेदनशील व्यवहार


काठमाडौँ । नेकपा (एमाले) ले सरकारले सुकुमबासी बस्तीहरू जबर्जस्ती हटाउने तथा बल प्रयोग गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ।

एमालेका प्रेस संयोजक मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा सुकुमबासीहरुलाई बलपूर्वक हटाउने प्रयास रोक्न माग गर्दै एमालेले बल प्रयोग, राज्यको संस्थागत धम्की तथा संवादविहीन एकपक्षीय निर्णयहरू मानवीय तथा कानुनी दुवै दृष्टिले अनुपयुक्त र आपत्तिजनक भएको जनाएको छ ।

एमालेले सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको जटिल विषय भएकाले बलपूर्वक हटाउने उपाय उचित समाधान नभएको स्पष्ट पारेको छ।

पार्टीले दीर्घकालीन समाधानका लागि राष्ट्रिय भूमि आयोगको गठन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको लगत संकलन, नापजाँच तथा जग्गा वितरण प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।