काठमाडौं, वैशाख १२ । नागरिक उड्डयन प्राधिकरण (क्यान)को सञ्चालन समितिको रिक्त पद चयनका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। तत्कालिन महानिर्देशक प्रदिप अधिकारीलाई भ्रष्टचारको मुद्दामा मंसिर १७ गते पक्राउ परेपछि १९ गतेदेखि प्राधिकरण निमित्त महानिर्देशक पदसमेत रिक्त भएको अवस्थामा सञ्चालक समितिको रिक्त पद पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
लामो समयसम्म महानिर्देशन पद रिक्त भएसँगै नेपाल वायु सेवा निगमले दरखास्त आह्वान गर्दै भनेको छ, ‘ऐन, २०१९ को दफा ४ को उपदफा (१) बमोजिम निगमको कार्य सञ्चालनको निमित्त गठन हुने सञ्चालक समितिको रिक्त ३ (तीन) तथा ऐ. ऐनको दफा ४ को उपदफा (७) बमोजिम ६ महिनाभित्र रिक्त हुने १ (एक) गरी जम्मा ४ (चार) जना सदस्य नियुक्त गर्नुपर्ने भएकाले वाणिज्य, अर्थ तथा लेखाशास्त्रमा ख्याति प्राप्त वा उड्डयन तथा पर्यटन प्रवद्र्धनसम्बन्धी क्षेत्रमा अनुभव प्राप्त इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सिंहदरबार, काठमाडौँमा आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’
आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव पेश गर्नुपर्ने कागजात छनोट विधि पारिश्रमिक तथा सुविधालगायतको विवरण मन्त्रालयको वेबसाइट राखिएको छ।
पर्यटनमन्त्री खडकराज पौडेलको पर्यटन मन्त्रालयका मातहतका निकायको नियुक्ति खुल्लाबाट गर्ने प्रतिबद्धता अनुसार महानिर्देशक नियुक्तिका लागि सार्वजनिक आह्वानका लागि दरखास्त निकालिएको हो। प्राधिकरणको ऐन अनुसार महानिर्देशक नियुक्तिका लागि प्राधिकरणको कर्मचारी वा सरकारी कर्मचारी भन्ने उल्लेख भएकाले त्यसैलाई टेकेर पर्यटन मन्त्री पौडेलले प्रतिस्पर्धा गराउन लागेका हुन्।
योसँगै प्राधिकरणको महानिर्देशकका लागि पर्यटन मन्त्रालयका कर्मचारीहरुले पनि प्रतिस्पर्धा गर्न पाउने भएका छन्। यसअघि प्राधिकरणको महानिर्देशक नियुक्तिका बेला पर्यटन मन्त्रालयका सहसचिवले पनि चाहना राख्ने गरेका थिए। तर, तत्कालिन पर्यटन मन्त्रीहरुले प्राधिकरणकै ११ र १२ तहका कर्मचारीहरुबाट महानिर्देशक छनौट गर्दै आएका थिए। मन्त्रालयले नेपाल वायु सेवा निगमको ४ जना रिक्त संचालक सदस्य पदमा पदपूर्तिको लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ ।




प्रतिक्रिया