काठमाडौं, वैशाख १२ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले आफ्नो सम्मानमा गेट बाहिर नआएको भन्दै विद्यालयका हेडमास्टरलाई थर्काएपछि पूर्वशिक्षामन्त्री रहेका सांसद महावीर पुनले कडा टिप्पणी गरेका छन् ।
रास्वपा सांसद पोखरेलले हेडमास्टरले विद्यालय गेटसम्म स्वागत गर्न नआएको विषयमा असन्तुष्टि व्यक्त गरेको भिडियो सेयर गर्दै पुनले सामाजिक सञ्जालमार्फत सांसदको व्यवहारप्रति आपत्ति जनाएका हुन् ।
पुनले लेखेका छन्, ‘यिनी कुन पार्टीका हुन् कुन्नि? म यिनको नेता भएको भए ठाउँको ठाउँ ठहरै बर्खास्त गरेर घर जाने टिकट काटेर पठाउने थिएँ । सांसद भनेको जनताको नोकर हो । एउटा सांसदले आफ्नो क्षेत्रको जनताले अह्राएको काम गर्नु पर्छ । ५ वर्षसम्म आफ्नो समय र बलबुद्धि जनताको काममा लगाउनु पर्छ । बाटोमा स्वागत गरेनन् भनेर उसले दुनियाँले देख्ने र सुन्ने गरेर यति धेरै धाक र रवाफ दिनु हुन्छ? कि तुरुन्त माफी माग्नु पर्छ कि त सारा जनताले फिर्ता बोलाउनु पर्छ । सांसद पदको बेइज्जत नै गर्यो त ।’




प्रतिक्रिया