सुकुमवासी बस्तीमा डोजर:खानेपानीको पाइप फुट्याे,तीन ठाउँमा अवरूद्ध हुने


काठमाडौं । सरकारले आज बिहानबाट काठमाडौंका सुकुमवासी बस्तीमा बनेका संरचनाहरू हटाउन डोजर चलाएको छ ।

थापाथलीस्थित बागमती नदी किनारमा बनेका संरचनाहरू भत्काउन थालिएको हो । बस्तीका स्थानीयलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको बताएको छ । विशेषगरी शान्तिनगर, गैह्रीगाउँ, मनोहरा लगायतका क्षेत्रमा बसेका सुकुमवासीलाई आज र भोलि हटाउनेगरी सरकार लागिरहेको छ ।

यसैबीच थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीमा संरचना भत्काउने क्रममा खानेपानीको पाइप फुटेको छ ।

सुकुमवासी बस्तीमा फुटेको खानेपानी पाइप मर्मतका लागि खानेपानी आपूर्ति बन्द गर्नुपर्ने भएका कारण बालाजु, माइतीघर र एकान्तकुरा क्षेत्रमा खोनेपानी आपूर्ति अवरूद्ध हुने काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।