आईपीएल : आज चेन्नई र गुजरात तथा कोलकाता र लखनउ भिड्दै


काठमाडौं, वैशाख १३ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले दिल्ली क्यापटिल्सलाई ६ विकेटले पराजित गरेको छ । शनिबार राती दिल्लीमा भएको खेलमा दिल्लीले दिएको २६४ रनको विशाल लक्ष्य पञ्जाबले १८ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

पञ्जाबको जीतमा प्रब्सिम्रन सिंहले ७६ रन, प्रियान्श आर्याले ४३ रन र कप्तान श्रेयस आयरले अविजित ७१ रनको उत्कृष्ट प्रदर्शन गरे । शीर्षस्थानमा रहेको पञ्जाबले हिजोको जीतसँगै १३ अङ्कसहित दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलुरु भन्दा ३ अङ्कले अग्रता लिएको छ । पराजित भएको दिल्ली ७ खेलबाट ६ अङ्कसहित छैटौँ स्थानमा छ ।

त्यस्तै जयपुरमा भएको अर्को खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको छ । राजस्थानले दिएको दिएको २२९ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

हैदरावादको जीतमा अभिषेक शर्मा र ईशान किसनले अर्ध शतक खेले । अभिषेकले ५७ रन र ईशान किसनले ७४ रन बनाए । पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२८ रन बनाएको थियो । हैदरावाद ८ खेलमा १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान खेलमा समान अङ्कसहित रनरेटले पछि पर्दै राजस्थान तालिकाको चौथौँ स्थानमा छ । आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स तथा कोलकाता नाइट राइडर्स र लखनउ सुपर किंग्सबीच खेल हुँदैछ ।