काठमाडौं, वैशाख १३ । काठमाडौंको पेप्सीकोलामा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले ८ वटा गाडीमा तोडफोड गरेका छन् । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम लिँदै मापसे गरेका एक व्यक्तिले गएराति करिब १ बजेतिर होहल्ला गर्दै पार्किङमा राखिएका गाडीहरूमा आक्रमण गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।
सवारी तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले नै नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । गाडीमा तोडफोड गर्ने व्यक्तिको पहिचान खुल्न बाँकी छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया