भक्तपुर । मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ ।
आज(आइतबार) बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन सुरु गरिएको हो ।
हिजो साँझ भत्काउन पुगेको डोजर माथि ढुँगामुडा प्रहार गरिएको थियो भने दर्जन भन्दा बढी प्रहरी घाइते भएको थियो ।




प्रतिक्रिया