विराटनगर । सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले न्यायालयको निर्णयकाविरुद्धमा मिडिया ट्रायल हुने गरेको बताएकी छन् । न्यायिक काम कारबाहीको प्रभावकारिता अभिवृद्धिमा न्याय क्षेत्र समन्वय समितिहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।
उनले अदालतको आदेश वा फैसला आफ्नो विपक्षमा आउनासाथ मिडियामा पहुँच हुने पक्षले जथाभाबी समाचार सम्प्रेषण गर्ने गरेको बताइन् । ‘अदालतले आदेश गर्यो, अनि त्यो जसको अगेन्स्टमा हामीले आदेश फैसला गर्यो, उसको चाहिँ मिडियामा पहुँच हुन्छ, अनि भोलिपल्टदेखि न्यायाधीशका नाममा तथानाम समाचार आउँछ, उसले लेख्छ जनताले पढे, पत्याउँथे’, उनले भनिन,‘ मैले (न्यायाधीशले) मेरो निष्ठाको साथ काम गरेको कुरा कसैले देखेन । कसैले लेखेन । मिडियामा जे लेखियो त्यही देख्यो ।’
न्याय क्षेत्र संवेदनशील भएका कारण न्यायीक कार्यलाई प्रभावित पार्ने काम नगर्न उनले आग्रह गरिन् । जनताको आस्थाको अन्तिम धरोहर अदालतलाई जोगाउन पनि उनले आग्रह गरिन् ।




प्रतिक्रिया