काठमाडौं, वैशाख १३ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको पछिल्लो अवस्थाबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन् । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा भएको छलफलमा शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउँद, डा. मिनेन्द्र रिजाल र डा.गोविन्दराज पोख्रेल लगायतका नेताहरु सहभागी भएका छन्।
करिव तीन घण्टा भएको छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की लगायतका नेताहरुसँग पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल भएको एक नेताले जानकारी दिए ।
कांग्रेसले भोली सोमबार संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । जसअनुसार भोलि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ ।
निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए । बैठकमा संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।
बैठकलगत्तै भोलि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले नेताको चयनसम्बन्धी प्रक्रिया अघि बढाउने कार्यसूची तय रसाइलीले बताए । काँग्रेसमा सांसदहरु अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यले दलको नेतामा दाबी गरिरहेका छन् ।




प्रतिक्रिया