काठमाडौ । छिमेकी राष्ट्र भारतका विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गर्ने भएका छन ।
भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुसँगको कुराकानीमा भारतको विदेश मन्त्रालयले नेपालका नवनियूक्त प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणसहित दुईपक्षीय हितको विषयमा छलफल गर्ने एजेण्डासहित भारतीय विदेश सचिवको नेपाल भ्रमण हुन लागेको जानकारी दिईएको थियो ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहको पहिलो विदेश भ्रमण भारत हुने गरी गरेको आग्रहलाई स्विकार गर्दै त्यसको तयारीका लागि भारतीय विदेश सचिव नेपाल आउन लागेका हुन ।
भारतीय विदेश सचिवको भ्रमणपछि भारतीय विदेश मन्त्री एक जयकिशनको समेत नेपाल भ्रमणको तयारी रहेको बताईएको छ ।
भारतीय विदेश सचिवको भ्रमण आउदो साता सम्म हुन सक्ने बताईएको छ ।




प्रतिक्रिया