चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित


काठमाडौं, वैशाख १४ । गुल्मीको धुर्कोट गाउँपालिकाको एक घरमा चट्याङ पर्दा पूर्ण रूपमा नष्ट भएको छ। घटनामा मानवीय क्षति नभए पनि एकै परिवारका ६ जना विस्थापित भएका छन्। आइतबार दिउँसो स्थानीय वसन्ता परियारको घरमा परेको चट्याङका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट परियारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। घर जलेपछि परियारको ६ जनाको परिवार विस्थापित बनेको छ। उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन्।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी धुर्कोट वस्तुबाट प्रहरी सहायक हवल्दार हर्कबहादुर साउदको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ। घटनास्थल प्रहरी चौकी धुर्कोटबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ।–रासस