मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर,भत्काइँदै छ घर-टहरा


काठमाडौँ । सरकारले सनिबार बिहानदेखि राजधानीका सुकुमबासी बस्तीमा अतिक्रमित संरचना हटाउन सुरु गरेको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।

थापाथलीमा अवस्थित सुकुमबासी बस्तीमा सविबारनै संरचना भत्काइसकेको छ भने गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ ।

यस्तै, भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइरहेको प्रहरीले जनाएको छ ।

मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको हो । गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा भने शनिबार नै डोजर परिचालन गरिएको थियो ।