काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याउन लागेको अध्यादेशप्रति टिप्पणी गरेका छन् । आज सिमरामा पत्रकारहरूसँगको कुराकानीमा उनले आफ्नै बहुमत भएको संसदप्रति सरकारले विश्वास नराखेको बताए ।
सरकारले संवैधानिक परिषदसहित ५ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
‘ ‘सरकारका केही मन्त्रीले संसदको तयारी नभएको हुँदा संसदकै अनुरोधमा हामीले बैठक स्थगित गर्नुपर्यो भनेर भनेको सुनेँ। अस्तिसम्म हेपेको कुरा थियो अब ढाँटेको भयो,’ उनले भने, ‘पहिला हेप्नुभयो, अहिले ढाँट्नुभयो, आखिर केका लागि संसद स्थगन गरेको भन्ने प्रष्ट भइहाल्यो, अध्यादेश ल्याएको कुरा।’




प्रतिक्रिया