पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा


काठमाडौं । नेपाली कांग्रेसले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण तामेली राख्ने निर्णय गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले खड्कालाई सोधेको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको मिति २०८३ वैशाख २ गतेको निर्णयानुसार पूर्व का.वा. सभापति पूर्णबहादुर खडकालाई पदिय जिम्मेवारीका सम्बन्धमा स्पस्टिकरण सोधिएकोमा सम्मानित सर्बोच्च अदालतको मिति २०८३/०१/०४ गतेको फैसला पश्चात् उक्त निर्णयको औचित्य समाप्त भएकोले हाल यस विषयको निर्णय प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गर्दछ,’ कांग्रेसले जारी गरिएकाे विज्ञप्तिमा भनेकाे छ ।

यसअघि २ वैशाखमा बसेको अनुशासन समितिको बैठकले खड्कालाई स्पष्टीकरण सोधेको थियो ।