काठमाडौं, वैशाख १७ । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदै छ। प्रदेश सभा सचिवालयले गत वैशाख १३ गते आइतबार जारी गरेको सूचना अनुसार नेपालको संविधानको धारा १६६ को उपधारा ९१० र धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभाका सचिव दुर्लभकुमार पुनका अनुसार आज दिउँसो १ बजे आठौं अधिवेशन बस्ने भएको छ। लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ९१० बमोजिम प्रदेश सभा सदस्यहरुलाई अधिवेशन बारे जानकारी गराइएको छ।




प्रतिक्रिया