शेखर समूहको छुट्टै भेला सुरु, को–को पुगे?


काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिहीबार आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । भेलामा बागमती प्रदेशभित्रका बहालवाला, निवर्तमान केन्द्रीय सदस्य, पदाधिकारी, जिल्ला सभापति(पूर्वजिल्ला सभापति सांसद(पूर्वसांसद, प्रदेश सभा सदस्यहरू, बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई आमन्त्रण गरिएको छ ।

भेला बालुवाटारस्थित ओपेरा होटलमा आयोजना गरिएको छ । यसअघि बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर छलफल गरेका थिए । उक्त भेलामा भेलाहरुमा शेखर समूहका नेताहरू उपस्थित भएका थिएनन् ।