काठमाडौं, वैशाख १७ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा हैदरावादले मुम्बईलाई ६ विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रन बनाएको थियो ।
२ सय ४४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । जितसँगै हैदरावाद तालिकाको तेस्रो स्थानमा छ भने मुम्बई तालिकाको नवौं स्थानमा रहेको छ । आईपीएल क्रिकेटमा आज राति पौने ८ बजे गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।




प्रतिक्रिया