एक महिनामा देशभरबाट ४ सय १७ जना बिचौलिया पक्राउ,कुन पूदेशबाट कति जना?


काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो एक महिनाको अवधिमा देशभरबाट ४ सय १७ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । 

उपत्यकाबाट १ सय २३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेस प्रदेशबाट ५० जना, बागमती प्रदेशबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका हुन् । 

पक्राउ मध्ये १ सय २१ जना व्यक्तिहरू उपर मुद्दा दर्ता गरिएको छ भने २ सय ९६ जना व्यक्तिहरूलाई छानबिन पछि छाडिएको छ । 

Laxmi sunrise bank

बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

Shivam Cement

काठमाडौँ उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूले सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरिदिने लगायतका प्रलोभनमा पारी दुःख हैरानी दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको कार्यालयको भनाइ छ।

Nabil bank
Arghakhachi Cement