काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै नगरपालिका र गाउँपालिकाहरूलाई वास्तविक सुकुमवासी पहिचान गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले सुकुमवासी पहिचान, तत्काल अन्यत्र व्यवस्था गर्ने योजना र अतिक्रमण हटाउन आवश्यक परे जिल्ला प्रशासन कार्यालयसँग सहयोग माग गर्नु भन्दै बिहिबार परिपत्र गरेको हो ।
बिहीबारै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन र अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न निर्देशन दिएको थियो ।
सरकारले काठमाडौंको थापाथाली, गैरीगाउँ, मनोहरालगायत देशका विभिन्न स्थान अतिक्रमित बस्ती हटाउन सुरु गरेको छ ।




प्रतिक्रिया